फोनमार्फत् एटीएम कार्डको नम्बर मागेपछि छात्राको ब्याङ्क एकाउन्टबाट रुपियाँ चोरी

अलिपुरद्वार : आफूलाई अलिपुरद्वारको ब्याङ्क कर्मी रहेको बताएर एकजना व्यक्तिले एउटी छात्राको ब्याङ्क एकाउन्टबाट रुपियाँ चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना अलिपुरद्वारको पररपार ग्राम पञ्चायतको हो। प्राप्त जानकारीअनुसार हिजो दिउँसो सुनिता बर्मन नाम गरेको कलेजका एउटी छात्रालाई फोन गरेर पुरानो एटीएम अब ब्लक भएकोले गर्दा नयाँ एटीएम नम्बर शुरू गर्नको लागि पुरानो एटीएमको नम्बर तथा यसको पछाडि भएको सीभीभी नम्बर मागेपछि तिनको ब्याङ्क एकाउन्टबाट रुपियाँ हराएको बताइएको छ। छात्राले दिएको जानकारीअनुसार तिनको ब्याङ्क एकाउन्टबाट 30 हजार 674 रुपियाँ चोरी भयो। यसपछि तिनले तत्कालै अलिपुरद्वार साइबर सेलमा एउटा लिखित अभियोग दर्ता गर्यो। अभियोगको आधारमा अलिपुरद्वार साइबर सेलले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *