फोटो पत्रकारलाई कुटपीट गर्ने आरोपीलाई पक्राउ गरिनुपर्ने माग

सिलगढी : सिलगढीमा फोटो पत्रकारलाई कुटपीट गरेको आरोपमा तारक साहालाई पक्राउ गरिनुपर्ने सिलगढीका पत्रकारहरूले माग गरेका छन्। सिलगढी जर्नलिस्ट क्लबका सदस्यहरू तथा अन्य पत्रकारहरूले आरोपी व्यक्तिलाई चाँडै पक्राउ गरिनुपर्ने माग गर्दै आज सिलगढी थाना पुलिसका अधिकारीसित भेट गरे। प्राप्त जानकारीअनुसार फुलेश्वरी इलाकामा समाचार संग्रह गर्न गएका फोटो पत्रकार विनोद दासको तारक साहासित सामान्य विवाद हुँदा केही मानिसहरूले तिनीमाथि हमला गरेको आरोप रहेको छ। पत्रकार विनोदलाई कुटपीट गर्दा तिनको मुखमा चोट लागेपछि केही सिलाई पनि परेको छ। अर्कोतिर, घटनापछि आरोपी व्यक्ति घरबाट निखोज भएका छन्। घटनाको जाँचमा जुटेका पुलिस अधिकारीहरूले आरोपी व्यक्तिलाई चाँडै पक्राउ गर्ने पत्रकारहरू समक्ष आज आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *