फोटो प्रतियोगिता तथा प्रदर्शनी गरिने

कालेबुङ: फोकस कालेबुङद्वारा आगामी 17 र 18 सेप्टेम्बरको दिन कालेबुङमा दुई दिवसीय फोटो प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गरिने भएको छ। उक्त फोटो प्रदर्शनीमा क्यामेराबाट लिएको फोटो र प्रकृतिसँग सम्बन्धित फोटो हुनुपर्ने आयोजक समितिका सदस्य सामतेन काबो अनि प्रवीण छेत्रीले जानकारी दिएका छन्। उक्त प्रदर्शन विषयमाथि बोल्दै तिनले पहाडको स्थानीय फोटोग्राफरहरुको मनोबल अझ बढाउन अनि स्तरीय फोटो खिच्ने दिशामा फोटोग्राफरहरुलाई अग्रसर गराउन रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *