फुटेर होइन, जुटेर काम गर्नुपर्छ भन्ने भागोप्रमो पार्टीको मूल मन्त्र साझा गरे अनित थापाले

दार्जिलिङ: आउँदो चुनाउमा अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पक्का जित्ने चुनाउ लड्ने छ तर चुनाउ जित्नको लागि पार्टीको मिशन, भिजन,सोंचलाई पहाडमा बीजारोपण गरेर फल फलाउनु हो भने फुटेर होइन जुटेर काम गर्नु पर्छ भन्ने मुल मन्त्र पार्टी अध्यक्ष अनित थापाले आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई दिएका छन्। फुबसेरिङ पान्डम समष्टिमा नारी शक्तिको आयोजनामा साङ्गठनिक सभालाई सम्बोधन गर्दै अनित थापाले दार्जीलिङ नगरपालिका चुनाउमा पार्टीको प्रदर्शन माथि प्रकाश पार्दै उक्त मन्तव्य व्यक्त गरेका हुन्। तिनले भने, मैले जति कालेबुङ अनि खरसाङवासीको निम्ति काम गर्नु सके, त्यतिको दार्जीलिङवासीको निम्ति काम गर्नु सकेको थिइन। तर पनि गत दार्जीलिङ नगरपालिकाको चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई 9 वटा वार्डमा जिताएर दार्जीलिङवासीले मेरोमा नयाँ ऊर्जा हालिदिएको छ। हाम्रो जुन प्रयास छ, त्यो प्रयास अनुसार आगामी दिनमा हुने चुनाउ हामीले जित्नु पर्छ अनि जित्ने पनि छौ। जित्नुको निम्ति अहिलेदेखि नै सङ्घर्ष तथा तयारी गर्नु पर्छ। जहाँ हामीले भूल गरेका छौ त्यसमा हामीले सुधार ल्याउनु पर्छ। तिनले अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीले नयाँ राजनैतिक सोंच अनि दिशा लिएर राजनीति गर्नेछ भन्ने सोंच माथि तिनले जोड दिएका छन्। पहाडको हक अनि हितको निम्ति जति पनि लडाई लड्नु छ मिलेर नै लड्नु पर्छ। हाम्रो मिशन, भिजन अनि सोचलाई साकार बनाउनु हो भने जुटेर अनि मिलेर नै काम गर्नु पर्छ भन्ने आफ्नो विचार रहेको अनित थापाले बताए। तिनले भने, हामीले अब पहाडको निम्ति एकतामा आएर नै काम गर्नु पर्ने रहेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *