पिकअप भ्यानको टायर चोरी गरेको आरोपमा एकजना पक्राउ

सिलगढी : पिकअप भ्यानको टायर चोरी गरेको आरोपमा भक्ति नगर पुलिसले एक व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति राजु सिंह उर्फ कालाको रूपमा चिन्हित गरिएको छ। पुलिसले पिकअप भ्यानबाट चोरी भएको दुईवटा टायर पनि उद्धार गरेको छ। रातिको समयमा सड़कमा राखिएको वाहनहरूबाट टायर चोरी भइरहेकोबारे पुलिसले अभियोग पाएपछि जाँचमा जुटेका पुलिसले राजु सिंहलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार राजु सिंह उर्फ काला यसभन्दा अघि पनि चोरीको मामिलामा पक्राउ भइसकेको थियो। यसपछि राजुले रातिको समय रोकेर राखेको वाहनहरूबाट टायर चोरी गर्ने गरेको बताइएको छ। गत दुई दिनअघि प्रकाश नगर इलाकामा एउटा पिकअप भ्यानको 2 वटा टायर चोरी भएपछि यसबारे भक्तिनगर थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेपछि प्रकाश नगर इलाकाबाट राजुलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *