पिकअप भ्यानको धक्का लागेर युवकको मृत्यु

जलपाईगढी : जलपाईगढी जिल्ला अन्तर्गत पर्ने बेलाकोवा इलाकामा पिकअप भ्यानको धक्काले एकजना युवकको मृत्यु भएको छ। मृतक युवक तालमा इलाका निवासी सुबोध राय (34)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त युवक बेलाकोवादेखि घर फर्किरहेको समय पिकअप भ्यानले धक्का दिँदा गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर जलपाईगढी सुपर स्पेसिलियाटी अस्पतालमा पुर्‍याएपछि चालक त्यहाँबाट चम्पट कसेको बताइएको छ। अस्पतालमा पुर्‍याएको केही समयपछि युवकको मृत्यु भयो। मृतक युवकको स्वास्नी र दुईवटा नानी रहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *