पिकअप भ्यानको धक्काले युवक घाइते

सिलगढ़ी: फूलबारीको चुनाभटी इलाकामा पिकअप भ्यानले धक्का दिँदा एकजना युवक घाइते भएका छन्। घटनाको जानकारी पाउने साथ एनजेपी पुलिस घटनास्थलमा पुगेर घाइते युवकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। अर्कोतिर, घटना पछि पिकअप भ्यानको चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *