पिकअप भ्यान र लरी ठोक्किँदा 27 घाइते

दक्षिण दिनाजपुर :  बिहेको जन्ती लिएर फर्किरहेको पिकअप भ्यान लरीसँग ठोक्किँदा 27 जना बिहेका जन्तीहरू गम्भीर रूपले घाइते भएका छन्। घाइतेहरूलाई गंगारामपुर महकुमा अस्पतालमा भर्ना गरिएको छ भने ती घाइतेहरूमध्ये 5 जनाको अवस्था गम्भीर भएकोले तिनीहरूलाई मालदा मेडिकल कलेजमा रेफर गरिदिएको अस्पताल सूत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार गंगारामपुर थाना अन्तर्गत पर्ने फुलबारी इलाकामा आज बिहान लगभग 11 बजी एउटा लरी गंगारामपुरदेखि बालुरघाटतर्फ गइरहेको समय बिहेको जन्ती लिएर आइरहेको एउटा पिकअप भ्यानसँग सोझै ठोक्किँदा मोठ 27 जना बिहेका जन्तीहरू घाइते भएको बताइएको छ। घाइतेहरूमा केही ससाना नानीहरू पनि सामेल छन्। तथापि, नव विवाहित जोडी अर्को वाहनमा भएको हुनाले तिनीहरू भाग्यले बाँचे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *