पिकनिक खेल्न गएकी युवतीको टिस्टा नदीमा डुबेर मृत्यु

जलपाइगढी: जलपाइगढीको मयनागढी ब्लकको दोमहनी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत प्रणवपल्ली इलाकामा टिस्टा नदीको किनारमा पिकनिक खेलिरहेको समय सिलगढीका एकजना युवती हिजो नदीमा डुबेर निखोज भएकी थिइन्। आज तिनको शव नदी किनारबाट उद्धार गरेको छ। जानकारी अनुसार, मृतक युवती बिदिशा दासको रूपमा चिन्हित गरिएको छ। तिनी सिलगढीको 35 नम्बर वार्डका वासिन्दा थिइन्। युवती हिजो टिस्टा नदीमा पिकनिक खेल्न गएकी थिइन्। यस अवधि नदीमा डुबेपछि तिनलाई बगाएर लगेको थियो। घटनाको जानकारी पाउन साथ सिभिल डिफेन्स टीम अनि मयनागढी पुलिस घटना स्थलमा पुगे तापनि अन्धेरो भइसकेको कारण बचाउ अभियान चलाउन सकेन। यसपछि आज बिहान नदीमा खोजबिन अभियान चलाए पछि मयनागढी दोमहनी नजिक नदीबाट युवतीको शव उद्धार गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *