पिकनिक स्पटमा पुलिसको अभियान, चारजना पक्राउ

सिलगढी : कोरोनाको संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले राज्यमा आंशिक लकडाउन जारी रहे तापनि सरकारी गाइड लाइनलाई अदेखा गरेर मानिसहरूले  वनभोज खेलिरहेका छन्। हाल सरकारी निर्देशिकाअनुसार पर्यटन स्थल, पिकनिक स्पट आदि ठाउँहरूमा रोक लगाइएको छ। तर पनि मानिसहरूले सरकारको नियमलाई पालन नगरेर वनभोज खेलिरहेका छन्। आज प्रधान थाना पुलिसले सादा पोशाकमा अभियान चलाउँदा गुलमा नदी किनारको पिकनिक स्पटमा राज्य सरकारको एउटा वाहन देखे। तथापि, पुलिसले  कार्वाही गर्दै वनभोज खेलिरहेका चारजना व्यक्तिलाई नदी किनारबाट पक्रेर थानामा लगेको बताइएको छ। अर्कोतिर, सरकरी वाहनको दुरूपयोग गर्ने व्यक्तिलाई पनि थाना बोलाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *