पीडित दोकान मालिकहरूलाई मन्त्री गौतम देवद्वारा आर्थिक सहयोग

सिलगढी : हालै गत केही दिनअघि सिलगढीमा भएको भयावह अग्निकाण्डमा परेर 6 वटा दोकानहरू जलेकोले गर्दा ती दोकानका मालिकहरूसित आज राज्यका पर्यटन मन्त्री तथा तृणमूल कांग्रेस नेता गौतम देवले भेट गरे। प्राप्त जानकारीअनुसार सिलगढीको रवीन्द्रनगरमा रहेको 6 वटा दोकानहरू डढेपछि ती दोकानका मालिकहरूलाई भेटेर आज मन्त्री गौतम देवले कुराकानी गर्नको साथै तिनीहरूलाई केही आर्थिक अनुदान पनि प्रदान गरे। दोकान जलेपछि मालिक तथा यससँग आश्रित परिवारको आर्थिक समस्यालाई ध्यानलाई राखेर नै मन्त्रीले आफ्नो तर्फबाट केही आर्थिक सहयोग राशि प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *