पिस्तोल-कार्तुसहरू सहित 4 जना सिलगढीमा पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले पिस्तोलहरूसहित 4 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बिहार निवासी क्रमैले सुमन चौधरी, भानु कुमार, मोहम्मद सद्दाम आलम र राहुल त्रिखत्रीको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका व्यक्तिहरूबाट केही पिस्तोलहरूसहित मोठ 91 राउण्ड कार्तुस पनि उद्धार गरेको बताइएको छ। कुन उद्देश्यले ती व्यक्तिहरूले उक्त पिस्तोल र कार्तुस ल्याएका थिए भन्नेबारे हालसम्म केही थाहा लागेको छैन। यसबारे पुलिसले आज साँझ एउटा पत्रकार सम्मेलनको आयोजना गर्ने साथै आरोपीहरूलाई पुलिस हिरासतमा लिइने आवेदन गरिएको बताइएको छ। दुईवटा भिन्ना-भिन्नै मामिलामा यी 4 जना व्यक्तिलाई पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *