पिस्तोल देखाएर सिलगढीमा एकजना व्यापारीको अपहरण

सिलगढी (निसं): सिलगढीको चम्पासरीबाट आज बिहान एकजना व्यापारीको केही अज्ञात समूहले अपहरण गरेको घटना प्रकाशमा आको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 6.30 बजे 46 नम्बर वार्डको चम्पासरी मेन रोड़बाट बदमाशहरूले प्रभाकर सिंह नामक एकजना व्यक्तिलाई पिस्तोल देखाएर अपहरण गरेको छ। उक्त घटना पछि इलाकामा सनसनी फैलिनको साथै मानिसहरूमा डरको माहौल उत्पन्न भएको छ। अपहरणको घटनालाई स्थानीय एकजना महिलाले आफ्नो आँखाले नै प्रत्यक्ष देखेपछि उक्त महिलाले प्रभाकर सिंह उर्फ दीपकको परिवारलाई घटनाबारे जानकारी दिए। परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएपछि तत्कालै यस घटनाको खबर प्रधान नगर थानालाई दिए। यसपछि पुलिस घटनास्थलमा आइपुगेर प्रत्यक्षदर्शी महिला अनि परिवारका सदस्यहरूको बयान सुनेपछि जाँच शुरू गरेको छ। यसैगरी, पुलिसले चम्पासरी इलाकामा लगाइएको सीसीटीभी क्यामेराको फुटेज पनि खंगाली रहेको छ। 

पारिवारिक सूत्रले दिएको जानकारी अनुसार अपहरण भएको व्यक्ति प्रभाकर सिंहको चम्पासरी रेगुलेटेड मार्केटमा गद्दी रहेको छ। आज बिहान तिनले आफ्नो गद्दीको एकजना मजदूरलाई फोन गरेपछि तिनी सदा झैँ आफ्नो घरबाट गद्दी जानको लागि निस्किएका थिए तर तिनी घरदेखि लगभग मात्र 50 मीटरको दूरीमा पुगेपछि तिनलाई पिस्तोल देखाएर अज्ञात 5-6 जना बदमाशहरूले अपरहण गरेर गाडीमा चढाएर लगेको बताइको छ। अर्कोतिर, छोराको अपहरण भएको खबर सुनेपछि बुढ़ो भइसकेका तिनका आमा-बाबा लगायत परिवारका सदस्यहरू रोइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes