पिस्तोल, कार्तुस सहित युवक पक्राउ

सिलगढी :  एनजेपी थाना पुलिसले आग्नेयास्त्र सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका 25 वर्षीय राजेश राय मूल रूपले बिहार निवासी हुन् भने हाल तिनी सिलगढीको शान्तिपाडामा आफन्ताको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार गत अबेर राति सिलगढी भक्तिनगरको पाइप लाइन इलाकामा राजेश रायलाई यताउता घुमफिर गरिरहेको देखेपछि पुलिसलाई सन्देह लागेर उक्त युवकलाई रोकेर छानबीन गर्दा एउटा वान सटर पिस्तोल र एउटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।


यसपछि पुलिसले उक्त युवकलाई पक्राउ गरे। पक्रा परेका युवकलाई यसभन्दा अघि पनि विविध अपराधमूलक कार्यमा संलग्न रहेको आरोपमा पुलिसले पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *