पिस्तोल र कार्तुससहित सिलगढ़ीबाट एकजना युवक पक्राउ

सिलगढ़ी : सिलगढ़ीको प्रधान नगर थाना पुलिसले गोप्य सुइँको पाएर अभियान चलाउँदा एकजना  युवकलाई हतियारसहित पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति सिक्किम निवासी एसके हबीबको रूपमा चिन्हित गरिएको छ। तथापि तिनी गत केही समयदेखि सिलगढ़ीको चम्पासरीस्थित आनन्दमयी कोलनीमा बस्दै आइरहेका थिए। बिहिवार राति प्रधान नगर थाना पुलिसलाई एकजना युवकले अटो मेटिक पिस्तोल कसैलाई बिक्री गर्न गइरहेको खबर दिएपछि सेतो पोशाकमा आएर पुलिसले चम्पासरीको सर्किट हाउस नजिक मस्जिद मोड़ इलाकाबाट हबीबलाई पक्राउ गरे। पुलिसले तिनीबाट एउटा अटोमेटिक पिस्तोल अनि 5 जिउँदो कारतूस उद्धार गरेको छ। पक्रा परेका आरोपी एसके हबीवलाई आज सिलगढ़ी एसीजेएम अदालतमा पेश गरियो। पुलिसले उक्त मामिलाको छानबिन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *