पिस्तोल सहित 4 जना पक्राउ

फाँसीदेवा : फाँसीदेवा थानाको घोषपुकुर आउटपोस्ट पुलिसले एउटा पिस्तोल, 5 राउण्ड जिउँदो कार्तुस सहित 4 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मफिजुर ईस्लाम (25), मोहम्मद सामसुल (27), मोहम्मद रशिद आलम (34) र मोहम्मद मुस्ताकिन (37) सामेल छन्। तिनीहरूमध्ये मफिजुर ईस्लाम असम निवासी हुन् भने अन्य 3 जना नक्सलबारी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार फुलबारीबाट कोलकातागामी एउटा ट्रकमा पिस्तोल तस्करी गरिरहेको खबर पाएपछि घोषपुकुर आउटपोस्ट पुलिसले अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा एउटा पिस्तोल, 5 राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। पुलिसले घटनामा 4 जना युवकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *