पिस्तोल सहित आर्म्स डिलर पक्राउ

सिलगढी : मतिगढा पुलिसले गत राति यहाँको थाना अन्तर्गत इलाकाबाट अग्नेयास्त्र सहित एकजना आर्म्स डिलरलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी  सुरज छेत्री (23 )-को रूपमा सामेल छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति मतिगढा थाना पुलिसले थाना अन्तर्गत इलाकामा हतियारको किनबेच हुने खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर एउटा पिस्तोल र एक राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *