पिस्तोल सहित एकजना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले आग्नेयास्त्र सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति कुकुरजान ग्राम पञ्चायतको चाउलहाटी इलाका निवासी 47 वर्षीय सदय दे-को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार राजगञ्ज थाना पुलिसले गत राति फाटापुकुर इलाकामा अभियान चलाएर एउटा बन्दुक, कार्तुस सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *