पिस्तोल सहित हिम्मत सिंह चौहान पक्राउ

सिलगढी एनजेपी थाना पुलिसले जय प्रकाश सिंह चौहान उर्फ् हिम्मत फेरि पक्राउ गरेको छ। यसको साथै तिनको अन्य एकजना साथी जयदीप देवनाथलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति एनजेपी थाना पुलिसले भक्तिनगर पाइप लाइन इलाकाबाट एउटा वाहन सहित हिम्मतलाई पक्राउ गरेको छ भने पुलिसले एउटा देशी पिस्तोल र जिउँदो कार्तुस पनि उद्धार गरेको बताइएको छ। स्मरण रहोस्, यसभन्दा अघि प्रधाननगर थाना पुलिसले हिम्मत सिंहलाई जमिन दखल मामिलामा पक्राउ गरेपछि धेरै लामो समयसम्म तिनी जेल हिरासतमा थिए। हाल तिनी पुनः जमिनको व्यवसायमा संलग्न रहेको थाहा लागेको छ। केही दिनदेखि पुलिसले तिनको खोजी गरिरहेको थियो भने तिनी अन्य राज्यमा लुकेर बसेको बताइएको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो राति हिम्मत सिंहलाई पक्राउ गरेको हो। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *