पिताको न्यायको मांग गर्दै सुकना पेट्रोल पम्पमा भोक हडताल दोस्रो दिन जारी, सम्बन्धित अधिकारीहरूलाई पत्राचार

सुकना (निसं) : सुकना पेट्रोल पम्प परिसरमा आफ्नो बाबुको इन्साफ माग्दै मालिक विरूद्ध भोक हड़तालमा बसेका विवेक शर्माको हडताल आज बुधबार दोस्रो दिन पनि जारी रहेको छ। विवेक शर्माले आफ्नो पिता यही पेट्रोल पम्पमा धेरै वर्षदेखि कार्यरत कर्मचारी रहेको बताउँदै तिनलाई मालिक पक्षले न्याय दिनुपर्छ भन्ने माग गर्दै भोक हडतालमा बसेका छन्। पिता शंकर शर्माले यहाँ सन् 1986 सालदेखि काम गर्दै आएको र तिनले पाउनु पर्ने पीएफ, स्वस्थ बीमा, जीवन बीमा आदि खोई भन्दै आफु भोक हड़तालमा बसेको बताएका छन्। त्यसरी नै आफ्नो पिता शंकर शर्माले विगत 37 वर्षदेखि पाउनु पर्ने साहुलियतहरू नपाएको र जोइन्ट गरेको समयदेखि अहिलेसम्मको तलबको फाइल खोई भनी प्रश्न गर्दै ओभर टाइम गरेको पैसा, वार्षिक छुटको पैसा र अलाउन्सहरू समेत नपाएको दावी गरेका छन्।


तिनले आफ्नो पिताको लागि मात्र नभएर यहाँ पम्पमा कार्यरत सबै अन्य स्टाफहरूको लागि पनि भोक हड़तालमा बसेको बताएका छन्। तिनले भने, मेरो बिमारी बाबाको लागि मात्र होइन तर यहाँ काम गर्ने सबै 22 जना स्टाफहरूको लागि पनि हिजदेखि नै भोक हड़तालमा बसेको हो। जबसम्म मांग पुरा हुँदान तबसम्म हड़तालमा बस्ने तिनले मालिक पक्षलाई चेतावनी दिएका छन्। यसको साथै तिनको पिताको न्यायको लागि विभिन्न मांगहरू गर्दै पत्राचार पनि गरेका जानकारी गराएका छन्। उक्त पत्रको एक प्रति श्रमायुक्त, आईओसीसी सेल्स अफिसर, बन्दना राई, खरसाङका विधायक, सुकना ग्राम पञ्चायत, सुकना पुलिस आउट पोष्टमा पनि दिएका कुरा हडतालमा बसेका विवेक शर्माले जानकारी गराएका छन्। उक्त घटना पछि नोटिश टाँसेर मालिकले पेट्रोल पम्प बन्द गरिदिएको छ। तथापि, अर्कोतिर पम्पका मालिक पक्षसित सम्पर्क गर्ने प्रयास गरे तापनि तिनीसित हुन सकेन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *