पिउने पानी खेरो नफाल्नेबारे विधायक शंकर घोषको पहल

सिलगढी : सिलगढीको कतिपय ठाउँहरूमा कल नभएको कारण पाइपको पानी खेरो गइरहेको कुरालाई ध्यानमा राखेर भाजपा विधायक शंकर घोषले पानीको बर्बादीलाई रोक्न पहल शुरू गरेका छन्। सिलगढीको झङ्कार मोड़ संलग्न इलाकामा रहेको केही टाइम कलहरूबाट पनि पानी खेरो गइरहेकोले गर्दा त्यहाँ आज तिनले स्टपकक् (टुटी) लगाइदिए। यसको साथै तिनले साधारण मानिसहरूलाई पिउने पानी खेरो नफाल्ने अपील गरे। आगामी दिनमा सहरका विभिन्न ठाउँहरूमा पनि यस प्रकारको कार्यक्रम आयोजित गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *