पिउने पानीको मागमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 31 नम्बर वार्डस्थित शीतलापाडा इलाका निवासीहरूले पिउने पानीको मागमा आज पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार सिलगढीको 31 नम्बर वार्डस्थित शक्तिगढ इलाकामा एउटा पानीको ट्याङ्की जडान गरिएकोले त्यहीँबाट नै शीतलापाडा इलाकामा पिउने पानीको आपूर्ति हुने गर्दछ। हाल उक्त ट्याङ्कीको छानाको मरमति गर्नको लागि पानीको आपूर्ति बन्द गरिएको छ। अर्कोतिर, नगरनिगमको तर्फबाट पिउने पानीको विकल्प व्यवस्था गरिदिए तापनि पर्याप्त नरहेकोले स्थानीय मानिसहरूले निक्कै असुविधा भोग्न परिरहेको छ। यसबारे स्थानीय प्रशासनलाई अवगत गराए तापनि कुनै पहल नगरेपछि अन्ततः बाध्य भएर आज पीडब्ल्युडी मोड संलग्न सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको तिनीहरूले बताए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर हस्तक्षेप गरेपछि उक्त पथ अवरोध हटाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *