पिउने पानीको परिसेवा सामान्य गर्ने मागमा सीपीआईएम-द्वारा विरोध प्रदर्शन

सिलगढी : पिउने पानीको परिसेवा चाँडै सामान्य गर्ने मागमा सीपीआईएम-ले सिलगढी नगरनिगममा विरोध प्रदर्शन गर्यो। आज माकपाका नेता तथा कार्यकर्ताहरूले पिउने पानी लगायत नगरनिगमको अन्य विविध सेवाहरू सामान्य गरिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे। यसको साथै तिनीहरूले नगरनिगमका कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र पन चढाए। यस अवसरमा नगरनिगमको जलापूर्ति विभागका पूर्व मेयर परिषद शरदिन्दु चक्रवर्ती पनि उपस्थित थिए। तिनले बताएअनुसार गत केही दिनदेखि सिलगढी सहरमा पिउने पानीको परिसेवा बन्द रहेकोले सहरवासीले निक्कै समस्याको सामना गर्न परे तापनि नगरनिगमले कुनै पहल गरेको छैन। नगरनिगमको वर्तमान प्रशासक मण्डलीमा अनुभवको कमीले गर्दा यस प्रकारको समस्या भइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *