पिउने पानीको समस्या समाधान लगायत विविध मागमा भाजपा-को नगरनिगम अभियान

सिलगढी : पिउने पानीको समस्या समाधान लगायत विविध मागलाई लिएर आज भाजपाको 4 नम्बर मण्डल कमिटीका सदस्यहरूले सिलगढी नगरनिगम अभियान चलायो। नगरनिगमका विपक्षी नेता अमित जैनको नेतृत्वमा सिलगढीको बाघाजतीन पार्क संलग्न इलाकाबाट भाजपाको 4 नम्बर मण्डल कमिटीका सदस्यहरूले रैली शुरू गरेर नगरनिगम परिसर पुगेपछि पुलिसले ब्यारिकेड लगाएर उक्त रैलीलाई रोकिदियो। यसपछि अमित जैनको नेतृत्वमा 5 सदस्यको प्रतिनिधि टोलीले मेयर गौतम देवसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। भाजपाले उठाएको मागलाई गम्भीरतापूर्वक हेर्ने मेयर गौतम देवले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *