पिउने पानीको समस्या समाधान गरिनुपर्ने माग गर्दै भाजपा विधायक लगायत गाउँलेहरूद्वारा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन

सिलगढी : पिउने पानीको सर्वराह सटीक रूपमा गरिनुपर्ने माग गर्दै स्थानीय मानिसहरूको साथमा भाजपा विधायक शिखा च्याटर्जीले सिलगढीको ईस्टर्न बाइपास रोड अवरोध गरेर विक्षोभ प्रदर्शन गरिन्। डाबग्राम 2 नम्बर ग्राम पञ्चायतको मध्य शान्तिनगर र चयनपाडा इलाकाका मानिसहरू 25 दिनभन्दा अघिदेखि पिउने पानीको समस्यासित जुझिरहेको साथै समय-समयमा मैला पानी आउने गरेको तिनीहरूको आरोप रहेको छ। चाँडै पिउने पानीको परिसेवा स्वाभाविक गरिनुपर्ने माग गर्दै आज डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीको नेतृत्वमा स्थानीय मानिसहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। पिउने पानीको समस्याबारे बारम्बार सम्बन्धित विभागलाई अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *