पिउने पानीको समस्या समाधान गर्न सिलगढी नगरनिगम तत्पर 

सिलगढी : सिलगढीमा पिउने पानीको समस्या समाधान गर्नको लागि मेगा प्रोजेक्टमाथि सिलगढी नगरनिगमले मन्थन शुरू गरेको छ भने यसलाई लिएर सर्वे पनि शुरू भइसकेको छ। मेयर गौतम देवले आज सिलगढी नगरनिगममा जन स्वास्थ्य तक्निकी विभाग, सिँचाई विभाग र वन विभागका अधिकारीहरूको साथमा एउटा बैठक गरे। हाल फुलबारी महानन्दा नदीबाट पर्याप्त पानी आउँदैन।   सिलगढीमा केवल 55 एमएलडी पानी आउने गर्दछ भने सिलगढीमा यस समय 77 एमएलडी पानीको आवश्यक रहेको छ। आवश्यकभन्दा कम्ती पानी आउने गरेकोले सिलगढी सहरको केही ठाउँको घर-घरमा पानी पुग्न सकेको छैन। यसको साथै सहरमा आबादी बढ़ेर गएकोले दिन दिनै पानीको कमी देखा परिरहेको छ। यसैले गर्दा सिलगढी नगरनिगमले मेगा प्रोजेक्टमा मन्थन शुरू गरेको छ। गजलडोबामा मेगा प्रोजेक्टको कार्य शुरू गरिनेछ। त्यहाँबाट पाइपको माध्यमद्वारा फुलबारीमा पिउने पानी ल्याएपछि त्यहाँबाट सिलगढीमा पानीको सप्लाई गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *