पिउने पानी लगायत अन्य विविध मागमा सिलगढीमा सीपीआईएम-द्वारा र्‍याली

सिलगढी : पिउने पानी लगायत अन्य विविध मागलाई लिएर सीपीआईएम 4 नम्बर एरिया कमिटीद्वारा आज सिलगढीमा एउटा र्‍याली निकालिइयो। सिलगढी नगरनिगमको 30 नम्बर वार्डको तराई स्कुल अघिबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा सीपीआईएम-का जिल्ला सचिव समन पाठक, सीपीआईएम नेता जीवेश सरकार, शरदिन्दु चक्रवर्ती लगायत अन्य उपस्थित थिए। यस अवसरमा सीपीआईएम नेता तुफान सरकारले बताएअनुसार पिउने पानी लगायत चाँडै नित्य प्रयोजनीय सर-समानहरूको मूल्य कम्ती गरिनुपर्ने मागमा आज एउटा र्‍याली निकालिइएको हो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.