पिउने पानी लिन जाँदा ट्याङ्कीमा डुबेर चियाश्रमिकको मृत्यु

सिलगढी : पिउने पानी लिन गएका एकजना चियाश्रमिक पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ। उक्त घटना बाघडुग्राको सिङ्गीझोडामा चियाकमानमा घटेको हो। मृतक श्रमिक सिङ्गीझोडा निवासी 48 वर्षीय जोहर लालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज जोहर लाल फ्याक्ट्रीभित्र पानी संरक्षित गर्ने ट्याङ्कीमा पानी लिन गएको समय ट्याङ्कीभित्र बोतल पसेपछि उक्त बोतल निकाल्ने क्रममा ट्याङ्कीमा डुबेर तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *