पीके र अभिषेक ब्यानर्जी 4 जनवरी सिलगढी आउने

सिलगढी : आउँदो 2021 बङ्गाल विधानसभा चुनाउलाई ध्यानमा राखेर तृणमूल कांग्रेस पार्टीलाई उत्तरबंगालमा अझ सक्रिय र शक्तिशाली बनाउनको लागि आउँदो 4 जनवरी प्रशान्त किशोर (पीके) अनि सांसद अभिषेक ब्यानर्जी सिलगढी आउने भएका छन्। सिलगढीको उत्तरकन्यामा तिनीहरू बस्नेछन् भनी यस अवधि तृणमूल कांग्रेसका नेताहरूसित पीके अनि अभिषेकले स्थानीय कुनै एउटा होटलमा बैठक गर्ने कार्यक्रम रहेको पार्टी सूत्रले जनाएको छ। यसै भ्रमण अवधि अभिषेक ब्यानर्जी र प्रशान्त किशोरले उत्तर बंगालको विभिन्न विधानसभा क्षेत्र विषयमा चुनाउको रणनीति तयार गर्नको साथै गोजमुमो अध्यक्ष बिमल गुरूङसित पनि बैठक गर्ने सम्भावना रहेको बताइएको छ। तृणमूल कांग्रेससित राजवंशीहरू रूष्ट रहेको कुरोलाई ध्यानमा राख्दै राजवंशी नेताहरूसित पनि अभिषेक ब्यानर्जी र पीकेले बैठक गर्ने सम्भावना रहेको छ। यसको साथै तृणमूलको दार्जिलिङ जिल्ला कमिटी पूर्णाङ्ग रूपमा हालसम्म गठन गरिएको छैन भने जिल्ला सभापति रञ्जन सरकारले तिनीहरूसित बैठक गरेपछि नै पार्टीको पूर्णाङ्क दार्जिलिङ जिल्ला समिति गठन गरिने भएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes