प्लास्टिकको अण्डा बिक्री भइरहेको आरोपपछि विभागद्वारा दोकानहरूमा अभियान

सिलगढी :  बजारमा प्लास्टिकको अण्डा बिक्री भइरहेको अभियोग पाएपछि सिलगढी नगरनिगम खाद्य कार्यालयका अधिकारीहरूले आज भक्तिनगर थाना अन्तर्गत बाङ्ग्ला बजार र चेकपोस्ट इलाकाको विभिन्न अण्डा दोकानहरूमा अभियान चलाएर अण्डाको क्यारेटहरूको जाँच गरे। अण्डालाई आगोको तापमा राखेर यसको बोक्रामा प्लास्टिक छ छैन भन्नेबारे जाँच गर्नको साथै केही दोकानहरूबाट अण्डाको नमुना पनि संग्रह गरेको बताइएको छ। अर्कोतिर, नगरनिगमका अधिकारीहरूले अभियान अवधि केही दोकानहरूबाट प्लास्टिकको क्यारी ब्याग समेत जफत गरे। नगरनिगमका फुड सेफ्टी अधिकारी गणेश भट्टाचार्यले बताएअनुसार केही दिन अघि सिलगढीको चेकपोस्ट संलग्न इलाकाको दोकानहरूमा प्लास्टिकको अण्डा बिक्री भइरहेको अभियोग पाएपछि आज अभियान चलाइएको हो। अभियान चलाएर केही दोकानहरूबाट अण्डाको नमुना संग्रह गरेर जाँचको लागि सिलगढीको ल्याबमा पठाइने तिनले बताए। यसको साथै व्यवसायीहरूलाई अण्डा किन्दा यसको जाँच लगायत उपर्युक्त बिल लिने निर्देश दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *