प्लास्टिकको बद्ली नन ओभन ब्यागको प्रयोग अधिक, नगरनिगमद्वारा अभियान

सिलगढी : प्लास्टिकको प्रयोग बन्द हुन साथ सिलगढी सहरमा नन ओभन ब्यागको उपयोग बढ़िरहेको छ। यो नन-ओभन ब्याग पनि प्लास्टिकबाट नै बनिने गरिन्छ। यसैले प्लास्टिकको क्यारी ब्यागसँगै नन-ओभन ब्यागको उपयोग रोक्ने उद्देश्य लिएर सिलगढी नगरनिगम सड़कमा ओर्लिएको छ। सिलगढी सहरलाई प्लास्टिक मुक्त सहर बनाउनको लागि सिलगढी नगरनिगमद्वारा जागरूकता अभियान चलाइरहेको छ। यसै क्रममा आज पनि नगरनिगमको तर्फबाट सिलगढीको विधान मार्केटमा अभियान चलाइयो। डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद र बोरो चेयरम्यान तथा पार्षदहरूले विधान मार्केटमा जागरूकता अभियान चलायो। धेरैजसो दोकानेहरूले लुगाको थैलाको बद्ली नन ओभन ब्यागमा ग्राहकहरूलाई समान दिने गर्दछ। यो नन ओभन ब्याग प्लास्टिकले नै बनिने गरेकोले पर्यावरणको लागि पनि धेरै हानिकारक रहेको छ। यसैले नगरनिगमको तर्फबाट व्यवसायीहरूलाई ती ब्यागहरूको प्रयोग नगर्ने निर्देश दिएको छ। आज अभियान अवधि केही दोकानहरूबाट उक्त ब्यागहरू जफत गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *