प्लास्टिकको क्यारी ब्यागको प्रयोगविरुद्ध सिलगढी व्यवसायी समितिद्वारा सचेतनामूलक कार्यक्रम

सिलगढी : प्लास्टिकको क्यारी ब्यागको प्रयोग विरुद्ध सिलगढी विधान रोड व्यवसायी समितिले सचेतनामूलक कार्यक्रमको आयोजना गर्यो। आज सिलगढी विधान रोड व्यवसायी समितिका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर माइकिङको माध्यमद्वारा प्लास्टिकको क्यारी ब्यागको प्रयोग नगर्नेबारे व्यवसायीहरूलाई सर्तक गराए। यसको साथै विभिन्न ठाउँमा सचेतनामूलक पोस्टरहरू पनि टाँसे। व्यवसायी समितिका सचिव बाबलु तालुकदारले बताएअनुसार सिलगढी सहरलाई प्लास्टिकमुक्त बनाउने उद्देश्य लिएर आफूहरूद्वारा प्रशासकलाई हर सम्भव सहयोग गर्नेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *