प्लास्टिकको प्रयोग बन्द गर्नेबारे सचेतना अभियान

कालेबुङ: कालेबुङको कफेरस्थित सैलुङ बजारमा आज प्लास्टिकको प्रयोग बन्द गर्ने अभियान स्वरूप एउटा सचेतना ऱ्यालीको आयोजना गरियो। कफेर स्वनिर्भर समुह, सन्त स्टेफन्स एकाडेमी अनि कालेबुङ खण्ड-1 कार्यालयको संयुक्त आयोजनामा उक्त सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो।


पर्यावरणलाई स्वच्छ राख्न प्लास्टिकको प्रयोग बन्द गर्नुपर्ने बताउँदै सन्त स्टेफन्स एकाडेमीका प्राचार्य फादर फिलिक्स डिसोजाले विद्यार्थीहरू अनि जनसाधरणलाई सचेत गराउँदै अरूलाई पनि यसबारे सचेत गराउने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *