प्लास्टिकको प्रयोगबारे दार्जिलिङ नगरपालिकाले चलायो जनचेतना अभियान

दार्जिलिङ : प्लास्टिकको प्रयोगमा देशभरिमैं प्रतिबन्धन लगाए पछि यसबारे दार्जिलिङ नगरपालिकाले पनि आज जन चेतना अभियान चलायो । प्लास्टिकद्वारा हुने नोक्सानीहरूबारे दार्जिलिङ नगरपालिकाले शहरका दोकानेहरूलाई अवगत गराउँदै वान टाइम युज प्लास्टिक-को कुनै पनि सामान प्रयोग नगर्ने आहवान गरेको भाइस चेयरम्यान याङजी शेर्पाले बताइन्। तिनले अझ भनिन्, आज वर्ल्ड पेपर ब्याग डे भएको हुनाले गर्दा आजदेखि प्लास्टिकको प्रयोग नगरौ भन्ने लक्ष्य राखेर दार्जिलिङ नगरपालिकाले शहरको प्रत्येक दोकानहरूको दोकानदारसँग आफुले अब उसो प्लास्टिकको प्रयोग नगरौ भन्ने जन चेतना अभियान चलाए। दार्जिलिङ नगर पालिकाले शहरको दोकानदारहरू लगायत शहर भर्न आएका मानिसहरूलाई पनि प्लास्टिक हानीबारे अवगत गराउनको साथै अबदेखि यसको प्रयोग नगरौ भन्ने अपिल गर्दै प्लास्टिकलाई पूर्ण रूपले अबदेखि प्रतिबन्द लगाएको भाइस चेयरम्यान शेर्पाले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *