प्लास्टिकको क्यारीब्याग प्रयोगविरुद्ध सिलगढीमा नगरनिगमको अभियान

सिलगढी : सिलगढी सहर लगायत यहाँका विभिन्न बजार तथा दोकानहरूमा प्रतिबन्धित प्लास्टिकको क्यारीबेगको प्रयोग भइरहेको छ। यसैलाई ध्यानमा राखेर सिलगढी नगर निगमले पुलिसको सहयोगमा आज यस विरूद्ध अभियान चलायो। आज नगरनिगमले पुलिसको सहयोगमा सिलगढीको कञ्चनजंघा स्टेडियम परिसरमा राखिएको दोकानहरूमा अभियान चलायो। यस अवधि केही सब्जी दोकान तथा फलका दोकानहरूबाट अधिक मात्रामा प्रतिबन्धित प्लास्टिकको क्यारीबेग जफत गरियो। यसको साथै ती व्यवसायीहरूलाई यस्ता प्रतिबन्धित प्लास्टिक क्यारीबेगको प्रयोग नगर्ने  चेतावनी दिए। नगर निगमको तर्फबाट यस प्रकारको अभियान लगातार जारी रहने बताइएको छ। स्मरण रहोस, धेरै समय अघिदेखि सिलगढीमा प्लास्टिक क्यारीबेगको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *