प्लेयिङ सेबेन नेपाल रेलिङ च्याम्पियन ट्रफीको अन्तिम चारमा

बिजनबारी: प्लेयिङ सेबेन नेपाल बिजनबारी भेगको प्रतिष्ठित फुटबल प्रतियोगिता रेलिङ च्याम्पियन ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न फुटबल प्रतियोगितामा नेपालले ओल्ड इज गोल्ड कालेबुङलाई 3-0 को फराकिलो अन्तरले पछार्दै अन्तिम चारमा आफूलाई सुरक्षित पारेको छ।


खेलको पहिलो मिनेटबाट दबाउमा पारेको नेपालले कालेबुङलाई एकपछि अर्को गोल गरेर विजयी बन्यो। उक्त फुटबल प्रतियोगितामा स्थानीय ठेकादार अमर मोक्तान प्रमुख अतिथिको रूपमा उपस्थित थिए। फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल भोलि बिजनबारी बीएफसी बनाम दार्जिलिङ पुलिस माझ भीडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *