प्लास्टिक प्रयोगको प्रतिबन्द माथि सचेतना कार्यक्रम साथै ऱ्याली

मङ्पू: एकपल्ट प्रयोग गरिने प्लास्टिक सरकारले गत 1 जुलाईदेखि प्रतिबन्द लगाएपछि हाल दार्जिलिङको रंगली रंगलीयट तकदाह ब्लकको आयोजनामा मङपुको विभिन्न स्कुलहरुमा प्लास्टिकको प्रयोग बन्द गरिनुपर्छ भन्नेबारे सचेतना शिविरहरु सम्पन्न गर्दै आइरहेको छ।यसैक्रममा आज लाब्दा बस्ती निम्न उच्च माध्यमिक विद्यालयमा प्राचार्य विवेक विष्टको अगुवाईमा प्लास्टिकको प्रयोग रोकथाम बारे सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो।


विद्यालयका विद्यार्थीहरुले प्लास्टिकको प्रयोगले पर्यावरणमा हुने क्षति बारे सचेतना गराउँदै चित्र प्रदर्शन पनि गरे। स्कुलका नानीहरुले प्लास्टिक रोकथाम गर्ने बारे मानिसहरूलाई सचेतना गराउँदै प्ला कार्ड बोकेर एउटा ऱ्याली पनि निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *