प्लुङदुङ तरूण संघको गायन प्रतियोगिताको अन्तिम मिति बढाएर 5 जुन

सुकेपोखरी : दार्जिलिङ जिल्लाको सुकेपोखरी अन्तर्गत पर्ने प्लुङदुङ तरूण संघको तत्वावधानमा अनलाइन गायन प्रतियोगिताको आयोजना गरिने भएको छ। कुनै पनि क्षेत्रका इच्छुक प्रतियोगीले गीत पठाउने अन्तिम मिति 30 मईबाट बढ़ाएर 5 जुनसम्म गरेको संघ सहसचिव अविनाश भट्टराईले बताए। कतिपय कारणले यस प्रकारको निर्णय लिइएको बताउँदै संघले यस अघि पनि अन्तर प्लुङदुङ निबन्ध लेखन, चित्रकला तथा फोटोग्राफी प्रतियोगिता आयोजना गरिसकेको तिनले बताए। उक्त प्रतियोगिताको फलाफल आइसके तापनि लकडाउनको कारण पारितोषिक प्रदान गर्न नसकेको अनि लकडाउनपछि विजेता प्रतियोगीलाई पुरस्कृत गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *