प्लुङदुङ बस्ती डाक बङ्ग्लामा सेनिटाइज

सुकेपोखरी : कोरोनाको बढ्दो प्रकोलाई रोकथाम गर्ने उद्देश्य लिएर आज प्लुङदुङ बस्ती डाक बङ्ग्लामा सेनिटाइज गरियो। रवीन्द्र संघद्वारा सम्पन्न कार्यक्रममा सेनिटाइजेशनको लागि चाहिने सामग्रीहरू सांसद राजु विष्टले उपलब्ध गराएका थिए। गाउँमा कोरोनाको रोकथाम गर्नको लागि सेनिटाइजेसनको सामग्रीहरू प्रदान गरेकोमा गाउँलेहरूको पक्षबाट विधान शर्माले सांसद राजु विष्टलाई आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *