पुलुङदुङ बस्तीमा गोजमुमो बिमल खेमाको शाखा गठन

सुकेपोखरी : सुके मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने पुलुङदुङ बस्तीमा गोजमुमो बिमल खेमाको शाखा गठन गरियो। स्थानीय डेन्डुप लेप्चाको सभापतित्वमा सम्पन्न सभामा प्लुङदुङ बस्ती शाखा गठन कार्यक्रम समपन्न गरियो। रियाङ, भोटिया गाउँ, डाक बङ्गलो, लेप्चा गाउँ प्रशाखाका बिमल समर्थकहरू उपस्थित रहेको सभामा शाखा सभापति मोहनलाल छेत्री, उपसभापति प्रणय राई, छिरिङ लेप्चा, सचिव राजुला शेर्पा, सहसचिव अमृत दहाल, बिस्नुलाल खवास, कोषाध्यक्ष हेमन्त राई, मिन्दा छिरिङ लेप्चा साथै कार्यकारिणी सदस्य नर्बु डुक्पा, नोर्देन लेप्चालाई चयन गरी शाखा समिति गठन गरियो। अध्यक्ष बिमल गुरुङलाई स्वागत गर्नको निम्ति सबै आतुर रहेको सभामा वक्ताहरूले बताए। सबैजना एक साथ रहेर अन्य शाखा, प्रशाखाहरू गठन गर्नको साथै संगठनलाई अझ दह्रिलो बनाउने अनि अध्यक्ष गुरूङको हात बलियो बनाउनको लागि अब सम्पूर्ण प्लुङदुङका बिमल समर्थकहरू लागि पर्ने सभाले निर्णय लिएको पुलुङदुङ खण्ड संयोजक राजुला शेर्पा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *