सुकेपोखरी : जोरबङलो सुकेपोखरी खण्ड विकास अन्तर्गत पुलुङदुङ ग्राम पञ्चायत अन्तर्गत लेप्चा गाउँमा पिउने पानीको ट्याङकीको बीडीओ सामीरूल इस्लामको बाहुलीबाट उद्घाटन गरियो। मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा शुरू गरिएको पाडाय समाधान योजना मार्फत् 4 लाखभन्दा अधिक रुपियाँको लागतमा उक्त पिउने पानीको ट्याङकी निर्माण गरेको बताइएको छ। खण्ड विभागीय अभियन्ता छिरिङ वाङदी शेर्पा, वसन्त माझी लगायत ग्राम पञ्चायत कर्मचारी, स्थानीय नागरिक तथा अन्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।