प्लुङदुङको रियाङ बस्तीमा हाल पिउने पानीको हाहाकार

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्डको प्लुङदुङ ग्राम पञ्चायत अन्तर्गत पर्ने रियाङ बस्तीमा हाल पिउने पानीको हाहाकार मच्चिएको छ। तीन चार दिनदेखि लागेको टण्टलापुर घामले यस क्षेत्रको मुहान सुक्न थालेको स्थानीय रूपेन दहालले बताए। तिनले बताए अनुसार पानीको मुहान गाउँदेखि टाड़ामा रहेको साथै पाइपलाइनको समेत सठीक व्यवस्थापन नभएकोले पिउने पानीको समस्या प्रतिवर्ष यहाँ हुने गर्दछ। गाउँको नजिकमा भएको पानीको मुहानको पानी गाउँलाई पर्याप्त नहुने तिनले बताए। रियाङ बस्तीवासी हाल पिउने पानीको समस्याको कारण मर्कामा परेको गुनासो व्यक्त गर्दै तिनले सम्बन्धित निकायबाट उचित पहल हुन आवश्यक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *