प्लुङदुङमा गोजमुमो विनय खेमाको चुनावी सभा सम्पन्न

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत 23/254 बुथ समितिको चुनावी सभा प्लुङदुङमा सम्पन्न भयो। सुभास विष्टको अध्यक्षतामा सम्पन्न सभामा बुथ समिति, नारी मोर्चा, युवा मोर्चाका   पदाधिकारी, प्रतिनिधि साथै नयाँ सोच र नयाँ विचार समर्थकहरूको उपस्थिति रहेको थियो।


सभामा आगामी विधानसभा चुनाउको निम्ति दार्जिलिङ, खरसाङ र कालेबुङ तीनवटै आसनका उम्मेद्वार योग्य रहेको अड़ान स्पष्ट पार्दै वक्ताहरूले आफ्नो बुथबाट प्रार्थी केशवराज पोख्रेलको जीत निश्चित रहेको दावी गरे। तिनीहरूले विनय-अनित पन्थी गोजमुमोको नीति निर्धारण र कार्य प्रणाली समग्र जीटीए क्षेत्रको हितमा रहेको कुरा उठान गर्दै यस क्षेत्रबाट पोख्रेलको पक्षमा धेरैभन्दा धेरै मतदान गरेर तिनलाई विपुल मतले विजयी बनाउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *