पीएमजीएसवाई र सयदिने रोजगारमा व्यापक धाँधलीको आरोप

कालेबुङ: माक्सवादी कम्युनिष्ट पार्टीको वरिष्ठ नेता तारा सुन्दासले आज एक भिडियो जारी गरेर प्रधानमन्त्री ग्रामीण सडक योजना र सय दिने काम तथा प्रधानमन्त्री आवास योजनाको काम विगत 2016 देखि 2021 सम्ममा भएको धाँधलीको चाँडै भण्डाफोर हुने दावी गरेका छन्। गत 2016 देखि 2021 सम्म पीएमजीएसवाई र सयदिने रोजगारमा व्यापक धाँधली भएको आरोप लगाउँदै यसको छानबिन गर्न दिल्लीबाट यसै अगस्त महिनामा एउटा टीम आउने भएको जानकारी दिँदै जहाँ-जहाँ काम अपुरो छ, ती सबै कामका कागज-पत्र लिएर भेला भइदिने तिनले मानिसहरूलाई अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *