पोखरीलाई पुर्ने कार्य गरेपछि फूलबारीमा स्थानीय मानिसहरूले गरे विरोध, देखा पऱ्यो तनाउको माहौल

सिलगढी (निसं): डाबग्राम-फूलबारी विधानसभा अन्तर्गत फूलबारी 1 नम्बर अञ्चल जामुराभिटा इलाकामा एउटा पोखरीलाई मोटोले पुरिदिएको साथै अन्य सौन्दर्यीकरणलाई लिएर स्थानीय निवासीहरूले विरोध प्रदर्शन गरे। उक्त घटनालाई केन्द्र गरेर व्यापक तनाउको माहौल देखा पऱ्यो। प्राप्त जानकारी अनुसार जामुराभिटा इलाकामा एउटा पोखरी थियो। त्यहाँ छठ पूजा अनि दुर्गा पूजाका मूर्तिहरू विसर्जन गरिन्थ्यो। आरोप लगाए अनुसार गत केही दिन अघिदेखि उक्त पोखरीलाई पुर्ने काम भइरहेको छ। यसले गर्दा स्थानीय मानिसहरूले क्षोभ प्रकट गरेका छन्। तिनीहरूले आज बिहानदेखि नै विरोध प्रदर्शन शुरू गरेको छ। घटनाको जानकारी पाएपछि डाबग्राम-फूलबारीको भाजपा विधायक शिखा च्याटर्जी इलाकामा आइपुगिन् अनि स्थानीय मानिसहरूसित कुराकानी गरिन्। शिखा च्याटर्जीले लगाएको आरोप अनुसार पोखरीलाई पुरेर सौन्दर्यीकरणको काम होइन तर यहाँ रेस्टुरेन्टको साथमा बहुतले भवन निर्माण गरिने छ। यसले गर्दा यहाँ ठूल्ठूला गढ्ढा बनाइएको छ। अर्कोतिर, डाबग्राम-फूलबारीको आईएनटीटीयूसी-का अध्यक्ष सुकान्त करको नेतृत्वमा धेरै संख्यामा तृणमूल कार्यकर्ता अनि उपाध्यक्ष आनन्द सिन्हा घटनास्थलमा आइपुगेका थिए। यसपछि दुवै पक्षबीच झड़प भयो। हेर्दा-हेर्दै हाथापाई पनि शुरू भयो। यसको सूचना पाएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गऱ्यो। भाजपा अनि स्थानीय मानिसहरूले आरोप लगाए अनुसार पोखरी पुर्ने कार्यको विरोध गर्दा तृणमूल कार्यकर्ताहरू अनि समर्थकहरूले स्थानीय महिलाहरूमाथि हात उठाए।  अर्कोतिर, डाबग्राम-फूलबारी आईएनटीटीयूसी-का अध्यक्ष सुकान्त करले भने, भाजपाले लगाएको आरोप आधारहिन छ। तिनले भने, पूजा अनि दुर्गा माताका प्रतिमाहरूको विसर्जन यही पोखरीमा गरिने गरिन्छ। यसलाई ध्यानमा राखेर पोखरीको सौन्दर्यीकरण गराइने छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabet Built with ❤︎ by appycodes