पोखरीमा डुबेर तीनजना नाबालिकाको मृत्यु

जलपाईगढी : जलपाईगढीको रायपुर चियाकमानमा पोखरीमा डुबेर तीनजना नाबालीकाको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक नाबालिकाहरू क्रमैले रीता तुरी (15), अनु माझी (15) र अगस्टिना उराव (12) सामेल छन्। प्राप्त जानकारीअनुसार हिजो साँझदेखि उक्त तीनजना नाबालिकाको कुनै खोज खबर नरहेपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँहरूमा तिनीहरूको खोजी गरे तापनि कुनै पत्तो लागेन। यसपछि कमानका केही युवकहरूले इलाकाको एउटा पोखरी नजिक जामा र चप्पल देखेपछि सन्देह लागेर पोखरीमा उक्त नाबालिकाको खोजी शुरू गरे। पोखरीबाट तीनजना नाबालिकालाई उद्धार गरेर सुपर स्पेसिलिटी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकले तिनीहरूलाई मृत घोषित गरिदिए। पोखरीमा नुहाउन जाँदा डुबेर तिनीहरूको मृत्यु भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। कोतवाली थाना पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes