पोखरीमा नुहाउन गएका व्यक्तिको पानीमा डुबेर मृत्यु

राजगञ्ज: पोखरीमा नुहाउन गएका एकजना व्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ। यो घटना आज राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत हाटखोला लाइन इलाकाको हो। मृतकको पहिचान 40 वर्षीय लालू लेहेरको रूपमा गरिएको छ। तिनी शिकारपुर ग्राम पञ्चायतको हाटखोला लाइन इलाका निवासी थिए। स्थानीय सूत्र अनुसार आज दिउँसो लगभग 11 बजेको समय उक्त व्यक्ति नुहाउन जाँदा पोखरीमा डुबे। यसपछि घटनाको सूचना बेलाकोवा आउटपोस्ट पुलिसलाई दिइयो। घटनाबारे खबर पाएर पुलिस अनि जलपाइगढी सिभिक डिफेन्स रेस्क्यू टीम घटनास्थलमा पुगेर शव उद्धार गरे। बेलाकोवा आउटपोस्ट पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाइदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *