पोख्रेबुङ बस्तीमा निःशुल्क आँखा जाँच शिविर

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत एक अन्तर्गत पर्ने पोख्रेबुङ बस्ती दुई नम्बरमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। अल आमिन साइबा समितिको प्रायोजनमा तथा रोङक्योङ सेजुमको पहलमा सम्पन्न उक्त शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर एस मण्डल तथा तिनका टोलीले रोगीहरूको आँखा जाँच गर्दै उचित परामर्श दिए। उक्त शिविरको माध्यमद्वारा धेरैजना आँखा रोगीहरू लाभान्वित बनेको अल आमिन साइवाका विनय छेत्रीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *