पोख्रेबुङ बजार दुई हप्तासम्म पूर्ण बन्द रहने

पोख्रेबुङ : दार्जिलिङ जिल्लाको पोख्रेबुङ बजार आजदेखि आगामी दुई हप्तासम्म पूर्ण रूपमा बन्द रहने भएको छ। पोख्रेबुङ बजारको चारवटा समाज क्रमैले नवोदय समाज, भानुग्राम समाज, शान्तिटोल समाज र भोजपुरी समाजको संयुक्त तत्वावधानमा आयोजित सभाले कोभिड 19-को बढ्दो संक्रमणलाई ध्यानमा राखेर यस प्रकारको निर्णय लिएको बताइएको छ। यसबारे थप जानकारी दिँदै भोजपुरी समाजका सभापति मुन्ना प्रसाद गुप्ताले क्वारेन्टानमा बसेका मानिसहरूप्रति परिवार एवम् समाजले सौहार्दपूर्ण राम्रो व्यवहार गरिदिने अपील पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *