पोख्रेबुङ बजारको सडक वर्षाले खोलामा परिणत

सुकेपोखरी: पोखेबुङ बजार मन्दिर लाइनको सड़क वर्षाको समय चारैतिरबाट पानी बगेर खोला झै देखिने गरेको छ। पानी बग्ने नाली झोड़ाको उचित व्यवस्था नभएकोले पानी सड़कमा बग्ने गरेको स्थानीय मानिसहरूको भनाई रहेको छ। वर्षाको समयमा विशेष गरेर विद्यार्थी, रोगी, पाको उमेरका नागरिक साथै सर्वसाधरणलाई धेरै असुविधा हुने गरेको तिनीहरूको भनाई छ। सड़कको किनारमा नाली निर्माण गरेकोले साथै विभिन्न स्थान एवं सुन्दरा गेष्ट हाउसबाट आएको पानीको भल बग्ने सठिक व्यवस्था समयमैं नगरिए भविष्यमा कुनै ठूलो दुर्घटना हुन सक्ने सम्भावना प्रबल बनेको गाउँलेहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *